कञ्चनपुर र रोल्पामा नेकपाले बाजी मार्यो

काठमाडौँ । कञ्चनपुरको पुनर्वास नगरपालिका ३ मा नेकपाका उम्मेदवार विजयी भएका छन्। नेकपाका उम्मेदवार कृष्ण बहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन्।

निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका दीपबहादुर तामाङले ३ सय १० मत प्राप्त गरेका छन्। यस्तै समाजवादी पार्टी नेपालका भीम तामाङले ७५ मत प्राप्त गरेका छन्। कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो। जसमा ४ मत बदर भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका३ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७७।०६४ प्रतिशत मतदान भएको थियो।
मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार कुल मत एक हजार एक सय ९९ मध्ये नौसय २४ मत खसेको हो।
यसैगरी रोल्पाको थवाङ्ग वडा नम्बर १ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले नै विजय हासिल गरेको छ ।

नेकपाका उमेदवार जनक बहादुर बुढाले १७४ मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् ।

२०८ मत खसेकोमा ९ मत बदर भएको थियो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालेले चुनावबहिस्कार गरेपछि कुल १२ सय ८८ मत मभ्ये जम्मा २०८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?