सखुवा प्रसौनीमा ८२ प्रतिशत मत खस्यो

काठमाडौं | पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा आज भएको वडाध्यक्षको उपनिर्वाचनमा ८२ दशमलव ६१ प्रतिशत मत खसेको छ ।

कूल दुई हजार ६०२ मतदाता रहेको सो क्षेत्रमा दुई हजार १२८ जनाले मतदान गरेको पर्सा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

एक हजार २११ पुरुष तथा ९१७ महिलाले मतदान गर्नभएको थियो । आज बेलका ९ बजेबाट नै मतगणना शुरु गरिने उहाँले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?