सप्तरीमा अखिल(क्रान्तिकारी) द्वारा ३ सय परिवारलाई न्यानो वितरण

राजविराज – माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले सप्तरीमा चिसो र शितलहर पिडित ३ सय विभिन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छक्रान्तिकारीले राजविराज नगरपालिकाको वडा नंं १३ को विषहरिया टोलमा १ सय ५० परिवारलाई र तिरहुत गांउपालिकाको लोहजारा टोलका थप १ सय ५० परिवारलाई राहत स्वरुप न्यानो वितरण गरिएको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए। न्यानो वितरण कार्यक्रममा क्रान्तिकारीका पुर्व अध्यक्ष रमेश मल्ल,क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ,उपाध्यक्ष त्रय सुरेन्द्र बस्नेत ,विजय गौतम ,इन्द्र भुषाल , माओवादी केन्द्रका जिल्ला संयोजक अशोककुमार मण्डल ‘अमर’ लगायतको उपस्थिति रहेको थियोे। कार्यक्रममा प्रत्येक परिवारलाई एक ब्लाङ्कट र एक ज्याकेट दिइएको थियोे। कार्यक्रममा वोल्दै क्रान्तिकारी अध्यक्ष तामाङले भने-‘हामी शितलहरले आक्रान्त परिवारको दु:ख साट्न र सरकारलाई घच्घच्याउन यहाँ आएका हौं।’ तामाङले काठमाडौं फर्किएर सरकारको ध्यानाकर्षण गर्ने वताए। पिडितलाई दिइएको राहत काठमाडौंका विभिन्न सहयोगीवाट संकलन गरिएको न्यानो संकलन तथा वितरण समितिका संयोजक इन्द्र भुषालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?