जब स्कुले बालकले आफ्नै विद्यालयको महिला प्रिन्सिपललाई ‘प्रेमपत्र’ पठाए …!

काठमाडौं । प्रेम अपनत्वको भाव हो । भनिन्छ, प्रेम अन्धो हुन्छ | प्रेम जतिबेला जो सँग नि बस्न सक्छ | प्रेमले न उमेर भन्छ, न जात भन्छ, न धर्म | प्रेम गर्न केहि कुराले रोक्दैन | प्रेममा मानिस पागल समेत हुन्छन् भानिन्छ |
प्रेमले कहिलेकाही अनौठो घटना घटाउँछ | भारतमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । एक स्कुले बालकले आफ्नै विद्यालयको महिला प्रिन्सिपललाई ‘प्रेमपत्र’ पठाएको घटना बाहिरिएको हो | ती बालकले आफ्नै विद्यालयको महिला प्रिन्सिपललाई ‘प्रेमपत्र’पठाएपछि कठोस सजाय व्यहोरेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको यो घटना आन्ध्र प्रदेशको एक स्कुलको हो । अनन्तपुर जिल्लाको कादिरी नगरपालिकास्थित मासानम्पेट निम्न माध्यामिक विद्यालयका दुई बालकलाई हातखुट्टा बाँधेर भुईमा राखिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको हो ।

दुईमध्ये एक बालक तेस्रो कक्षा र अर्का पाँच कक्षामा अध्ययनरत छन् । दुई बालकमध्ये एकले प्रिन्सिपललाई प्रेमपत्र पठाएको र अर्काले कक्षा कोठामा होहल्ला गरेको आरोपमा प्रिन्सिपलकै निर्देशनअनुसार यस्तो सजाय दिइएको बताइन्छ ।
सामाजिक सञ्जालमा तस्वीरसहित उक्त घटना सार्वजनिक भएपछि सामाजिक कार्यकर्ताहरु प्रिन्सिपलमाथि कडा कारवाही हुनुपर्ने माग गरिरहेका छन् । स्थानीय प्रशासनले समेत घटनाको छानबिनका लागि आदेश दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?