छुल्ठिमको यस्तो आइटम

तीन युवाको यौन मनोविज्ञानको कथामा बनेको चलचित्र ‘मिस्टर भर्जिन’को छायांकन सकिएको छ । अभिनेत्री छुल्ठिम गुरुङलाई आइटम गीतमा नृत्य गराउदै चलचित्रको छायाँकन सकाइएको हो आइटममा छुल्ठिमसँगै अभिनेता गौरव पहारी र कमलमणि नेपालले समेत कम्मर भाँचेका छन् । करिब १ करोड खर्च गरेर चलचित्रको छायांकन सकिएको निर्माण पक्षले जनाएको छ विशारद बस्नेतले ‘मिस्टर भर्जिन’ निर्देशन गरेका हुन् । चलचित्रमा गौरब पहारी , बिजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहेको छ वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा बनेको चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् चलचित्र २०७५ सालको बैशाखको अन्तिम साता प्रर्दशनमा ल्याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?