काठमाडौं । पूर्व–पश्चिम राजमार्गमा पर्ने बाराको निजगढ बस दुर्घटना भएको छ । निजगढ नगरपालिका वडा नम्बर–८ उनासी पुल नजिक बस दुर्घटनामा ४६ जना घाइते भएका छन् ।
विहान करिब पौने १० बजे जनकपुरबाट भैरहवा गइरहेको ना ४ ख ७९९० नम्बरको बस अनियन्त्रित भइ दुर्घटना भएको बाराका प्रहरी नायब उपरीक्षक रन्जीतसिंह राठौरले जानकारी दिनुभयो।
यात्रुबाहक बस तीब्र गतिका कारण पुलबाट तल खसेको प्रहरीले जनाएको छ । करिब ५० जना सवार बसमा लगभग सबै जना घाइते भएको बारा प्रहरीको भनाइ छ।
घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ। बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया