सेवाग्राहीसँग ९० हजार घुस लिने प्रहरी इन्सपेक्टर साह पक्राउ

काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) घुस लिँदा लिँदै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्सपेक्टर रामकिशोर साह पक्राउ परेका हुन।

इन्सपेक्टर साहले ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ९० हजार घुस लिदैँ गरेको अवस्थामा पक्राउ परेका हुन ।

साहलाई घुस लिँदालिँदै जनकपुरबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?