काठमाडौं । दैलेखमा भएको हाइस दुर्घटनामा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा विरेन्द्रनगरनगरपालिका ३ सुर्खेतका ५७ वर्षीय थिरे सुनार, सानोश्री नगरपालिका ८ बर्दियाका २९ वर्षीय नामबहादुर बडुवाल र उनका पत्नी २७ वर्षीया कमला बडुवाल रहेको दैलेखका डीएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो । दुर्घटना तीनै जनाको घटनास्थलमै ज्यान गएको थियो ।
दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । विरेन्द्रनगर नगरपालिका १८ का चालक नरेश शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेतबाट दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दैलेखको गुराँस गाउँपालिका ४ घोडाबास नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया