आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित, बुधबार ९ बजे बस्ने

काठमाडौं, २ माघ । मंगलबार बस्ने भनिएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ मंगलबारको मन्त्रिपरिषदको बैठकबाट प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरेको भनिएपनि बैठक नै स्थगित गरिएको हो प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो साढे ४ बजेका लागि बोलाएको बैठक बुधबार विहान बिहान ९ बजेसम्मका लागि स्थगित गरेका गरेका हुन् मन्त्रिपरिषदको बैठक बुधबार बिहान ९ बजे बस्नेगरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् देउवाले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुअघि एमाले, माओवादी केन्द्रसहित पाँच वटा राष्ट्रिय पार्टीसँग छलफल गर्ने तयारी गरेका छन् राष्ट्रिय सभा सदस्यको निर्वाचन र प्रदेश प्रमुख नियुक्ति लगायतका विषयमा निर्वाचन आयोगले समेत पाँच दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको छ प्रदेश प्रमुख नतोकिदा सांसदहरुले शपथ लिन पाएका छैनन् । प्रदेश सांसदले शपथ नलिएको अवस्थामा राष्ट्रिय सभा सदस्यको निर्वाचन समेत प्रभावित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?