काठमाडौं, २९ भदौ ।शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो १०० दिन पुरा गरेको छ । सरकार निर्माण भएयताको समिक्षा गर्दै सरकारका प्रवक्ता सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सरकारको १ सय दिन उपलब्धिपूर्ण भएको दाबी गरे ।सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले सरकारप्रति जनताको विश्वास बढ्दै गएकाले सरकारको १०० दिन उपलब्धीपूर्ण भएको बताए ।प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको १०० दिनमा सम्पन्न भएको महत्वपूर्ण कार्यहरु तथा उपलव्धिहरुको बारेमा पत्रकार सम्मेलनगरी जानकारी गराउँदै सञ्चारमन्त्री मोहनबहादुर बस्नेत साथमा उपप्रधानमन्त्रीहरु कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ । तस्वीर :प्रदीपराज वन्त, रासस सञ्चारमन्त्री बस्नेतले सरकारका उपलब्धीका रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमण, उपप्रधानमन्त्रीको भारत र चीन भ्रमण भएको बताए । यो भ्रमणले छिमेकी देशहरुसँगको सम्वन्ध सुदृढ बन्दै गएको सरकारको दाबी छ ।सरकारले आफ्नो १०० दिनको उपलब्धीका रुपमा भूकम्प पीडितहरुसँग निजी आवास निर्माणका लागि भएको सम्झौता, किस्ता वितरणलाई प्रस्तुत गरेको छ । स्थानीय चुनाव भएको र अन्य चुनावहरु पनि सुनिश्चित भएको, आर्थिक सूचकांक सकारात्मक रहेको तथा सदाचार, सुशासन प्रवर्धन भइरहेको सरकारको दाबी छ ।प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको १०० दिनमा सम्पन्न भएको महत्वपूर्ण कार्यहरु तथा उपलव्धिहरुको बारेमा पत्रकार सम्मेलनगरी जानकारी गराउँदै सञ्चारमन्त्री मोहनबहादुर बस्नेत साथमा उपप्रधानमन्त्रीहरु कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ । तस्वीर :प्रदीपराज वन्त, रासस उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारको पहिलो प्राथमिकता चुनाव भएको भन्दै त्यसका आधारमा सरकारको मूल्यांकन गर्न आग्रह गरे ।प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित कार्यक्रममा उपप्रधानमन्त्रीद्वय महरा र गोपालमान श्रेष्ठको उपस्थिती थियो ।