काठमाडौं । ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-३ बस्ने ३१ वर्षीय सोमराज नगरकोटीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
नगरकोटीले ती महिलालाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया