काठमाडौं । दैलेखमा हायस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परी १३ जना घाइते भएका छन्।
सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ ज १०२९ नम्बरको हायस गुराँस गाउँपालिका–४ मंग्रामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुमा दुई जना पूरुष र एक जना महिला रहेका छन्।
माइक्रोका चालक फरार रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि सुर्खेत ल्याइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया