काठमाडौं–निजगढ द्रुतमार्गको डीपीआर अाफैं निर्माण गर्ने नेपाली सेनाले गर्‍यो घोषणा

काठमाडौं, २ माघ । नेपाली सेनाले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आफैंले बनाउने घोषणा गरेको छ नेपाली सेना आफैले डीपीआर तयार पार्ने भएपछि भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर प्रयोग नहुने भएको छ सैनिक मुख्यालय जंगी अड्डामा सोमबार पत्रकार सम्मेलन गरी सेनाले आयोजनाको डीपीआर आफैं बनाउने घोषणा गरेको हो आयोजना उपनिर्देशक सूर्यप्रसाद खनालले भने, ‘डिटेल इन्जिनियरिङ गर्न आहृवान गरिएको कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डीपीआर तयार गरिनेछ ।’लामो विवादपछि प्रचण्ड नेतृत्वको सरकारले २१ बैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो यद्यपि भारतीय कम्पनीले आफ्नो डीपीआर किन्नुपर्ने शर्त राखेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतीय कम्पनीले बनाएका डीपीआर किन्ने निर्णय गर्दै नेपाली सेनालाई अध्ययन गर्न भनेको थियो सेनाले अध्ययनका क्रममा डीपीआर पूर्ण नपाइएको र प्रस्तावित मूल्यमा भारतीय कम्पनी सहमत नभएपछि आफैं बनाउने निर्णय लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?