काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार राति ११ बजेतिर आठ किलोग्राम सुनसहित दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौँ आउँदै गरेका चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति ११ः४० बजे पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलश थापा क्षेत्रीले नियमित चेकजाँचका क्रममा सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनालाई महानगरीय प्रहरी वृत्त गौशाला राखिएको छ । पक्राउ परेका व्यक्ति सुनको मालिक हुन् वा अरु हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ गरि उनीहरुको शरीरका सबै लुगा खोलेर चेक गर्दा पनि केही भेटिएको थिएन तर मेसिनले त्यही संकेत नै गरिररहेपछि प्रहरीले पुनः चेक गर्यो।
उनीहरुको दुबैको अन्डरवेयर चेक गर्दा त्यहा लुकाएर ल्याइएको सुन त्यहा फेला परेको प्रह्ररीले जनाएको छ । उनीहरुले अन्डरवयरमा फल्सबटम बनाएर आठ किलो सुन ल्याएको भेटिएको विमानस्थल भन्सार कार्यालयले जनाउको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया