काठमाडौं । अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा दुई बैंक कर्मचारीमाथि साङ्घातिक आक्रमण गरेको छ । आक्रमणबाट माछापुच्छ्रे बैंकमा कार्यरत प्रवीन भट्ट र शारदा पन्त घाइते भएका छन् ।
दुवै जनाको टाउको र मुखमा चोट लागेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । बैंकका व्यवस्थापक भट्टलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । पन्तको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरी उपरीक्षक आचार्यका अनुसार स्कुटरमा आएका तीन जनाले दुवै कर्मचारीलाई पुनर्वासबाट धनगढी आउने क्रममा आक्रमण गरेका हुन् । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया