काठमाडौं । मध्यपहाडी क्षेत्रमा मात्र पाइने अनौठो जनावर सालक सिराहामा भेटिएको छ । सिरहाको सुखीपुरमा फेला परेको सालक वन कार्यालयको जिम्मा लगाइएको छ ।
सुखीपुर नगरपालिका–१० निवासी कारी साहको करेसाबारीमा बिहीबार साँझ फेला परेको सालक डिभिजन वन कार्यालय लहानलाई जिम्मा लगाएको हो ।
झट्ट हेर्दा यो जीव अनौठो र तराई मधेशमा कहिले नदेखिएको र कसैलाई नाम पनि थाहा नभएको सो जनावर रौँ हेर्दा गोहीजस्तो देखिन्छ ।
उक्त जनावर सालक भएको डिभिजन वन कार्यालय सिरहा लहानका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले बताउनुभयो । बिक्रीका लागि प्रतिबन्धित सो सालक बहुमूल्य मानिन्छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया