काठमाडौं । एक साताको भ्रमण छोट्याएर परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली आज नेपाल फर्किनुभएको छ । रूस र सर्वियाको भ्रमणमा गएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भ्रमण छोट्टयाएर स्वदेश फर्किनुभएको हो ।
दुई दिनपछि फर्किने भएपनि मन्त्री ज्ञवाली शुक्रबार बिहान त्रिभुवन विमानस्थल आइपुग्नुभएको छ । विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले देशभित्र विकसित घटनाक्रम र परिस्थितिका कारण आफू छिटो आएको बताउनुभएको छ ।
तर उहाँले भ्रमण नै छोट्टयाएर फर्कनु पर्ने त्यस्तो परिस्थिति के हो भन्नेबारे प्रष्ट खुलाउनु भएको छैन् । ज्ञवालीले निकट भविष्यमै उच्चस्तरी रुसी नेतृतत्वबाट नेपालको औपचारीक भ्रमण हुने बताउनुभएको छ । ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी उच्च नेतृत्वलाई नेपाल भ्रमणका लागि पठाउनु भएको औपचारी निमन्त्रण रुसी समकक्षी सर्बाइ लाब्रोभ माफर्त बुझाएको पनि स्पष्ट जानकारी दिनुभएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले रुसी सैन्य सहायतका सम्बन्धमा पनि कुरा कानी भएको तर त्यसका लागि दुई देशमा सम्बन्धि निकायबाट छलफल र बहस गरी विपद व्यवस्थापनका लागि आवश्यक सहायतका बारेमा निर्णय गरिने पनि जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया