कांग्रेसभित्र विवाद बढेको बेला कोइराला परिवार एकै ठाउँमा देखिए

काठमाडौं– कांग्रेसभित्र विवाद चुनाव चुलिएको भनिएको बेला ‘कोइराला परिवार’ का तीन नेता छलफलमा जुटेका छन् कांग्रेसका महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र सुजाता कोइराला छलफलमा जुटेका हुन् चुनावपछि पहिलो पटक कोइराला परिवार एकै स्थानमा देखिएका हुन् । उक्त भेटघाटमा निर्वाचनपछी देश र पार्टीको अवस्थाका बारेमा छलफल भएको थियो तीन नेताबीचको छलफलमा मुलतः कांग्रेस चुनावमा पराजित बन्नुमा पार्टी संस्थागत ढंगले नचल्नु र नेतृत्व कमजोर बन्नुको निश्कर्ष निकालिएको छ । यी २ कारणले नै कांग्रेसले चुनावमा नराम्ररी पराजय भोग्नु परेको उनीहरुको निश्कर्ष थियो नेता शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले  भेटबारे भने, ‘पारिवारिक भेटमा हारको समिक्षा हुनुका साथै पार्टी संस्थागत ढंगले नचलेको तथा नेतृत्व पंक्ति कमजोर भएको निश्कर्ष निकालिएको छ । पार्टीलाई पुरानै अवस्थामा र पार्टी पंक्तिलाई एकताबद्ध बनाउन अग्रसरता लिने तीन नेताबीच समझदारी भएको छ ।’बिहान ११ बजेदेखि भएको ‘लन्च मिटिङ’ दिउँसो साढे ११ बजेसम्म चलेको थियो पार्टीभित्र गुटबन्दी मौलाएको बेला कोइराला परिवारका तीन हस्ती एकै ठाउँमा भेला हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ चुनावमा कांग्रेस पराजित भएसँगै सभापति शेरबहादुर देउवा सबैको तारो बनेका छन् केहि दिनअघि मात्रै नेता अर्जुन नरसिंह केसी, प्रकाशमान सिंह सशांक कोइराला, कृष्ण सिटौलालगायत पनि विभिन्न चरणको छलफलमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?