२२ जेष्ठ २०८०, सोमवार

सरकारका १ सय दिन : निर्वाचन सबै भन्दा ठुलो उपलब्धि

२०७४,भाद्र,२९,बिहीवार १४:५८

9
Shares

काठमाडौं, २९ भदौ । शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो १०० दिन पुरा गरेको छ । सरकार निर्माण भएयताको समिक्षा गर्दै सरकारका प्रवक्ता सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सरकारको १ सय दिन उपलब्धिपूर्ण भएको दाबी गरे । सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले सरकारप्रति जनताको विश्वास बढ्दै गएकाले सरकारको १०० दिन उपलब्धीपूर्ण भएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको १०० दिनमा सम्पन्न भएको महत्वपूर्ण कार्यहरु तथा उपलव्धिहरुको बारेमा पत्रकार सम्मेलनगरी जानकारी गराउँदै सञ्चारमन्त्री मोहनबहादुर बस्नेत साथमा उपप्रधानमन्त्रीहरु कृष्णबहादुर महरा र गोपालमान ७नतसेष्ठ । तस्वीर :प्रदीपराज वन्त, रासस
  सञ्चारमन्त्री बस्नेतले सरकारका उपलब्धीका रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमण, उपप्रधानमन्त्रीको भारत र चीन भ्रमण भएको बताए । यो भ्रमणले छिमेकी देशहरुसँगको सम्वन्ध सुदृढ बन्दै गएको सरकारको दाबी छ । सरकारले आफ्नो १०० दिनको उपलब्धीका रुपमा भूकम्प पीडितहरुसँग निजी आवास निर्माणका लागि भएको सम्झौता, किस्ता वितरणलाई प्रस्तुत गरेको छ । स्थानीय चुनाव भएको र अन्य चुनावहरु पनि सुनिश्चित भएको, आर्थिक सूचकांक सकारात्मक रहेको तथा सदाचार, सुशासन प्रवर्धन भइरहेको सरकारको दाबी छ ।     उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारको पहिलो प्राथमिकता चुनाव भएको भन्दै त्यसका आधारमा सरकारको मूल्यांकन गर्न आग्रह गरे । प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित कार्यक्रममा उपप्रधानमन्त्रीद्वय महरा र गोपालमान श्रेष्ठको उपस्थिती थियो ।  

प्रकाशित मिति: २०७४,भाद्र,२९,बिहीवार १४:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेश

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१