विवाह पञ्चमी र गढीमाई मेलाको अवसरमा दुई दिन विदा

काठमाडौं । प्रदेश २ सरकारले दुई दिन सार्वजनिक विदा दिएको छ । विवाह पञ्चमी र गढीमाई मेलाको अवसरमा सरकारले विदा दिएको हो ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले सूचना निकालेर सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा मंसिर १५ गते र गढीमाई मेलाका अवसरमा मंसिर १७ गते गरी दुईदिन विदा दिएको हो ।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीमा जनकपुरमा भव्यताकासाथ राम–सीता महोत्सवको मनाइँदै आएको छ। विवाह पञ्चमीको विदा प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी क्यालेण्डरमै उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?