धनगढीबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

काठमाडौं । तीन ग्राम सात सय ६० मिलीग्राम लागु औषध ब्राउन सुगरसहित तीन जनालाई कैलालीको धनगढीबाट प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उप–महनगरपालीका–५, जाई बस्ने बर्ष २८ का ईन्द्र जित धामी, वडा नम्बर ८ बस्ने बर्ष १८ कि एलिसा तामाङ्ग र जिल्ला बाजुरा त्रिवेणी नगरपालिका–३ घर भई धनगढी उप–महनगरपालिका–१ बस्ने बर्ष १९ कि मोनिका थापा भन्ने मोनिका बुढा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

लागु औषध कारोबार भैरहेको सूचनाको आधारमा धनगढीस्थित पुष्पाञ्जली होटलमा चेक जाँच गर्दा कोठा नम्बर ७०१ मा लागु औषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?