निर्वाचन आयोगले बोलायो ५ दलका नेतालाई

काठमाडौं, २ माघ । प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा छलफलका लागि निर्वाचन आयोगले ५ दलका शीर्ष नेतालाई बोलाएको छ प्रदेश प्रमुख नतोकिदा प्रदेश सभाको मतपरिणाम घोषणा गरी राष्ट्रिय सभाको निर्वाचन समेत प्रभावित हुने देखिएपछि आयोगवले शीर्ष नेताहरुलाई परामर्शका लागि बोलाएको हो राष्ट्रियसभा निर्वाचन प्रक्रिया र व्यवस्थापनबारे छलफल गर्न राष्ट्रिय पार्टीका नेताहरुलाई बोलाइएको आयोगले बताएको छ । आयोगले यही माद्द २४ गते राष्ट्रियसभा निर्वाचन गर्ने तयारी गरेको छ राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली ७ गते सार्वजनिक गर्ने कार्यतालिका छ तर, प्रदेश प्रमुख नतोकिँदा प्रदेशको समानुपातिकको अन्तिम परिणाम सार्वजनिक हुन सकेको छैन माघ ५ गतेभित्र प्रदेश प्रमुख नियुक्त नभए राष्ट्रियसभा निर्वाचन प्रभावित हुने भन्दै सरकारलाई त्यसअघि नै प्रदेश प्रमुख तोक्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?