समृद्धि र विकासको गहन जिम्मेवारीलाई पुरा गर्न प्रतिबद्ध छु : मन्त्री नेम्बाङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले जनताले सुम्पिएको समृद्धि र विकासको गहन जिम्मेवारीलाई पुरा गर्न आफु प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला पुग्नुभएका मन्त्री नेम्बाङले आएको जिम्मेवारीलाई पुरा गर्न सबैसँग छलफल गरेर अघि बढ्ने बताउनुभएको हो ।

बिहीबार साँझ फिदिम पुग्नुभएका नेम्बाङलाई भव्य स्वागत गरीएको छ । स्वागत तथा बधाई कार्यक्रममा संक्षिप्त भनाई राख्दै नेम्बाङले आफुमा आएको जिम्मेवारीलाई पुरा गर्न कुनै कसर बाँकी नराने बताउनुभएको हो ।

फिदिम नगरपालिका वडा नम्बर १ का मतदातासमेत रहनुभएका नेम्बाङ सोही वडाको वडाध्यक्षको निर्वाचनमा मतदान गर्न बिहीबार गृह जिल्ला पुग्नुभएको हो ।

फिदिम पुग्नुभएका नेम्बाङलाई पार्टी नेता, कार्यक्रता तथा सर्वसाधारणले फुलमाला तथा खादा ओडाएर स्वागत गर्न उहाँका नीजि सचिव गणेश योङहाङले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलिले गत मंसिर ४ गते दोस्रो पटक गठन गरेको मन्त्री परिषदमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हाले यता पहिलो पटक गृह जिल्ला पुग्नुभएका नेम्बाङ शनिबार हुने उपनिर्वाचनमा सहभागी हुँने र आइतबार काठमाडौं फर्किने  योङहाङले जानकारी दिनुभयो ।

गत स्थानीय निर्वाचनमा काङ्ग्रेसदेखि वडाध्यक्ष निर्वाचित हर्क मोक्तानको निधन भएपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?