रसुवामा स्काभेटर दुर्घटना, चालकको मृत्यु

काठमाडौं । रसुवामा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. २ टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा सञ्चालनमा रहेको स्काभेटर दुर्घटना हुदाँ चालक चिनियाँ नागरिक ३६ वर्षीय छु छिङको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार टिमुरेमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाहको लागि भोटेकोशी खोलाबाट ढुङ्गा निकाल्न खोज्दा स्काभेटर भासिएर दुर्घटना भएको हो।

खोलाले बगाएर लैजादै गरेको अवस्थामा करिब ५ सय मिटर तलबाट चालकलाई उद्धार गरेपनि उनको घटनास्थलमै मृत्यु भएको रसुवा प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?