बैंक र टेलिकमबिच सम्झौता : खाता खोल्दा सिमकार्ड निशुल्क

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा खाता खोल्ने ग्राहकले नेपाल टेलिकमको सिम कार्ड निशुल्क पाउने भएका छन् । बैंक र नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच भएको सम्झौताभएसँगै यस्तो अफर ल्याइएको हो । बैंकमा नयां खाता खोल्ने ग्राहकहरुलाई निशुल्क रुपमा जि.एस.एम.सिमकार्ड उपलब्ध गराउने सम्बन्धमा बिहिबार सम्झौता भएको हो ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । साथै हालसम्म सिमकार्ड नलिएका तथा नयां खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमबाट उपलब्ध हुने जि.एस.एम.सिमकार्ड निशुल्क रुपमा उपलब्ध गराउने सम्झौता भएकाे हो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो सहकार्यले प्रतिस्पर्धी रुपमा सेवा प्रदान गर्न थप उर्जा मिल्ने धारण व्यक्त गर्नुभयो । त्यस्तै नेपाल दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक अधिकारीले भने दुबै संस्थाको यो ब्यवसायिक सहकार्यबाट समाजलाई ठुलो फाइदा पुग्ने विश्वास रहेको धारण व्यक्त गनुभयो ।

साथै उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देबेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, नेपाल दूरसंचार कम्पनी लिमिटेडका प्रमुख ब्यवसायिक अधिकृत गोकर्णप्रसाद सिटौला, प्रमुख वित्तीय अधिकृत प्रदिपराज उपाध्याय लगायतकोे उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?