काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपालाई प्रमाण नपुगेको जमिन एक इन्च पनि नचाहिने बताउनुभएको छ ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनु भएका उहाँले भन्नुभयो– हामीले विभिन्न प्रमाण पुगेको जमिनको मात्रै दाबी गरिरहेका छौ, प्रमाण नपुगेको जमिन एक इन्च पनि चाहिँदैन ।
सञ्चारमन्त्री बास्कोटाले नेपालले यससम्बन्धी प्रमाण वार्ताको टेबुलमाराख्ने जानकारी दिनुभयो । ऐतिहासिक दस्तावेज, भारतीय राजपत्र, नक्सा लगायतका विभिन्न प्रमाणहरूले लिम्पियाधुरासम्म नेपालकै भएको देखाएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो– ‘हाम्रो पुर्खाको नासोको रुपमा रहेको जमिनको अधिकार स्थापित गर्ने कुरा हो । भारतले हाम्रो सार्वभौमसत्ता स्वीकार गर्नुपर्दछ ।’
सुगौली सन्धिको धारा पाँचमा उल्लेख भएको काली नदीको मुहान विज्ञानको सिद्धान्त अनुसार तय हुनुपर्नेमा उहाँको जोड थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया