चार पटककी ओलम्पिक च्याम्पियन सिमोनले गरिन यस्तो सनसनीपूर्ण खुलासा

न्युयोर्क, २ माघ । चार पटककी ओलम्पिक च्याम्पियन सिमोन बाइल्सले टिमका डाक्टर ल्यारी नस्सारले आफूमाथि यौन शोषण गरेको खुलासा गरेकी छन् । ओलम्पिक स्टार सिमोनले आफ्नो सुखचैन नस्सारलाई चोर्न नदिने बताइनु २० वर्षीय सिमोन बाइल्सले भनिन्, ‘म यो भयानक अनुभवले मलाई परिभाषित गर्न सक्दैन र म यो भन्दा केही शक्तिशाली छु ।’ उनले यौन शोषणको कुरा सामाजिक सञ्जाल ट्विटमार्फत सार्वजनिक गरेकी हुन् नस्सारलाई बच्चाको यौन शोषणको तस्बिर राखेकोमा जेल सजाय सुनाइएको छ । उनले समेत आफूले जिम्नास्टलाई कुटपिट गरेको स्वीकार गरेका छन् । ग्याबी डगलससहित तीन जना पूर्व अमेरिकी ओलम्पिक खेलाडीले नस्सारमाथि उपचार गर्ने बहानामा यौन शोषण गरेको आरोप लागेको थियो । उनीमाथि यो महिना महिला जिम्नास्टलाई पिटेको घटनामा पनि अदालतले सजाय सुनाउँदैछ ५४ वर्षीया नस्सारलाई डिसेम्बरमा आफ्नो कम्प्युटरमा बच्चासँगको यौन शोषणाको तस्बिर राखेको आरोपमा सजाय सुनाइएको थियो । नस्सारका वकिलले सिमोन बाइल्सको बयानमा कुनै टिप्पणी नगर्ने बताएका छन् ट्विटरमा सिमोनले भनेकी छन्, ‘म ति पीडितहरुमध्ये एक हुँ, जसको नस्सारले यौन शोषण गरेका थिए । मलाई तपाईहरु सबैले एक हँसिलो, खुसी र ऊर्जाले भरिएकी युवतीका रुपमा चिन्नुहुन्छ । तर पछिल्ला दिनमा म निकै दुःखी छु । मैले जति आफ्नो आवाज दबाउन कोशिस गर्छु । उति नै मेरो दिमागले चिच्याउन भन्छ । म अब यसबाट डराउने छैन ।’उनले भनेकी छन्, ‘सन् २०२० मा टोकियो ओलम्पिकको तयारीका लागि मलाई त्यो अनुभवसँगै अघि बढ्न असम्भव जस्तै लागिरहेको छ । म ठीक त्यही स्थानमा तयारीका लागि जानेछु, जहाँ मेरो यौन शोषण भएको थियो ।’उनले आफूले यो खेललाई धेरै माया गर्ने र कहिल्यै पनि हार नमानेको बताएकी छन् । ल्यारी नस्सार सन् १९८० को दशकदेखि २०१५ को जुलाई सम्म अमेरिकी जिम्नास्टिकसँग जोडिएका थिए उनका विरुद्ध १ सय ३० जना महिलाले यौन शोषणको मुद्दा दर्ता गराएका छन् । ओलम्पिक स्वर्णपदक जित्ने एली रेजमेन र म्याककायला मरोनीजस्ता खेलाडी समेत नस्सारको विरुद्ध उभिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?