मृतावस्थामा फेला

धुलिखेल, २ माघ- काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७, हुर्खा मार्ग नजिकै आज बिहान एक महिलाको शव फेला परेको छ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले सिन्धुपाञ्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने मानबहादुर थामीकी श्रीमती ४६ वर्षीया जुनीमाया मृतावस्थामा फेला परेको बताए । “घटनाका बारेमा अनुसन्धान भइरहेकाले शव उठाइएको छैन, हामी अनुसन्धान गरिरहेका छौँ”, थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?