काठमाडौं । अर्घाखाँचीको नरपानीमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुँने १९ जनाकै सनाखत भएको छ।
सन्धिखर्कबाट बुटवलको लागि छुटेको लु २ ख २१४८ नम्बरको बस बुधबार सन्धिखर्क नगरपालिकास्थित घुम्ती र नरपानीको बीचमा बस दुर्घटना भएको थियो ।
घटनामा १७ जनाको घटनास्थलमै तथा एक जनाको प्राथमिक उपचार केन्द्र ठाडामा र अर्काको चौराहा हस्पिटल बुटवलमा मृत्यु भएको प्रहरीको भनाई छ।
सो दुर्घटनामा परी घाइते भएका १६ जनाको अहिले उपचार भइरहेको छ। उनीहरुको भैरहवा मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पताल, क्रिमसन अस्पताल, चौराहा हस्पिटल लगायतमा उपचार भइरहेको छ।
सनाखत भएकाहरु सबैको नाम
-
जिल्ला अर्घाखाँची स.न.पा. ७ डिहिडाडा बस्ने शिवलाल भट्टराई
-
जिल्ला अर्घाखाँची स.न.पा. ७ डिहिडाडा बस्ने माया पुरी
-
जिल्ला कपिलवस्तु वाणगंगा न.पा. ७ बनगाई बस्ने ३ महिनाको बालक सोभाखर पोख्नेल
-
जिल्ला अर्घाखाँची स.न.पा. ७ डिहिडाडा बस्ने ५४ को बलराम भट्टराई
-
जिल्ला कपिलवस्तु बाणगंगा न.पा. ८ चपरगाउँ बस्ने वर्ष २७ कि सिता बस्नेत
-
जिल्ला अर्घाखाँची भु.न.पा. १० बस्ने छवीलाल गैरे
-
जिल्ला गुल्मी मदाने गा.पा. २ घर भई हाल जिल्ला रुपन्देही भैरहवा गैडहा ७ बस्ने बसन्त भन्ने ओम बहादु (चालक)
-
जिल्ला अर्घाखाँची स.न.पा. ७ वस्ने मोनिका खड्का
-
जिल्ला गुल्मी धुर्कोट ग.पा.२ बस्ने सशस्त्र प्रहरी जवान राज कुमार महत
-
जिल्ला अर्घाखाँची स.न.पा. २ बस्ने वर्ष ५९ सिता कुमारी सार्की नेपाली
-
जिल्ला अर्घाखाँची भु.न.पा ९ बस्ने सिता घिमिरे
-
जिल्ला अर्घाखाँची भु.न.पा. ९ बस्ने विष्ण माया
-
जिल्ला अर्घाखाँची भु.न.पा.७ बस्ने मैघनाथ जैसी भण्डारी
-
जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका १ बस्ने मञ्ज बि.क.
-
जिल्ला अर्घाखाँची छत्रदेव गा.पा.वडा न.८ बस्ने कृष्ण बहादुर सुनार
-
जिल्ला अर्घाखाँची सितगंगा न.पा. वडा नं. ७ कल्लेरी बस्ने लोक बहादुर दर्जी
-
जिल्ला अर्घाखाँची सितगंगा न.पा. वडा नं. ७ कल्लेरी बस्ने हरी बहादर दर्जी
-
जिल्ला अर्घाखाँची सितगंगा न.पा. वडा नं. २ बस्ने सन्त बहादुर बस्नेत
-
जिल्ला अर्घाखाँची भु.न.पा. ९ बस्ने ठुलोडेवा बस्ने शैलेस थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया