हुम्ला दुर्घटनाका घाईतेको हेलिकप्टरबाट उद्दार

काठमाडौं । हुम्लाको सिमकोट लाग्ना डाँडामा बुधबार टिपर दुर्घटनामा भएका घाइतेको उपचारका लागि हेलिकप्टरबाट बिहीबार नेपालगन्ज पठाईएको छ।

दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । घाईते भएका ११ जनाको जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर त्यहाँ पुगेको हो।

नाम्खा गाउँपालिकाको सल्ली खोलाबाट सदरमुकाम सिमकोट आउँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिप्पर बुधबार दिउँसो दुर्घटनामा परेको हो।

सिमकोटमा रहेको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि उनीहरुलाई थप उपचारका लागि हेलिकोप्टरबाट बिहीवार नेपालगंज पठाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराइले जानकारी दिनुभयो।

उपचार अभावमा रहेका घाइतेको उद्धारका लागि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रीको पहलमा सेनाको हेलिकोप्टर बिहीवार विहान हुम्ला पुगेको थियो।

उद्धार गरेर लगिएको घाइतेहरुको भेरी अञ्चल अस्पताल नेपालगंजमा उपचार भइरहेको मन्त्री रावलले बताउनु भयो। बुधवार उद्धार गर्न ढिला भएका कारण बिहीवार मात्र उद्धार गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?