यी बलिउड कलाकारको यस्तो बैबाहिक किस्सा

मुम्बई –बलिउड अभिनेता कबीर बेदी ७२ बर्ष पुगेका छन् । १६ जनवरी १९४६ मा पाकिस्तानमा जन्मिएका बेदीले २०१६ मा आफुभन्दा २९ बर्षले कान्छी गलफ्रेण्ड परवीन दोसान्जसँग बिबाह गरेका थिए परवीन उनका चौथी पत्नी हुन् । कबीरसँग बिबाह गर्दा उनी ४३ बर्षकी थिइन् । कबीरकी छोरी पुजा बेदी नै परवीन भन्दा ४ बर्षले जेठी अर्थात ४७ बर्षकी रहेकी छन् । परवीन ब्रिटीस मुलकी अभिनेत्री तथा मोडल हुन् । उनी कबीरका साथ बिगत १० वर्षयता लिभइन रिलेसनमा रहँदै आएकी थिइन् यस्ता छन् कबीरका बिबाह किस्सा– कबीरले पहिलो बिबाह डान्सर प्रतिमा बेदीसँग गरेका थिए । १९६९ मा यी दुबैको बिबाह भएको थियो । प्रतिमा र कबीरको दुई सन्तान रहेका छन् । पुजा बेदी र सिद्धार्थ बेदी – प्रतिमासँगको सम्बन्ध तोडेपछि कबीरले परवीन बोबीसँग सम्बन्ध जोडेका थिए । यसका कारण उनले हलिउड यात्रा समेत तय गरे । तर केही समय पछि यी दुबै छुट्टिए – कबीर परवीनसँग छुिट्टए पछि ब्रिटिस फेसन डिजाइर सुसैन हम्फ्रेससँग नजिक भए । दुबैले बिबाह पनि गरेका थिए । यी दुबैको एक छोरा पनि छन्, एडम बेदी । एडम अन्तराष्ट्रिय मोडल हुन् – १९९० को दशकमा कबीरले तेस्रो बिबाह गरेका थिए । टिभी र रेडियो प्रस्तोता निक्कीसँग । २००५ मा यो सम्बन्ध पनि टुटेको थियो – चौथो बिबाह कबीरले ब्रिटीस मोडल तथा अभिनेत्री परवीनसँग गरेका हुन् । यी दुबैको बिबाह १५ जनवरी २०१६ मा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?