तपाईलाई थाहा छ ? यस्ता छन् प्याजका फाइदै फाइदा

काठमाडौं । प्याज हाम्रो भान्साको लागि नभई नहुने अत्यावश्यक तरकारी हो । हिजोआज नेपाली बजारमा प्याजको मुल्य अत्याधिक बढेको छ । जसले गर्दा सामाजिक संजालमा प्याजको बारेमा खुबै चर्चा पनि भइरहेको छ । कतै ट्रोल, त कतै व्यंग्यात्मक स्टाटस । प्याजको मुल्य अत्याधिक बढेपछि सर्वाधिक चर्चा हुन् थालेको हो ।
तरकारीलाई स्वादिष्ट बनाउनमा प्याजले महत्वपूर्ण भूमिका खेल्छ । प्याज सबै तरकारीमा मिल्ने तरकारी मात्र नभई यसका अनेकौ फाइदा छन् । प्याज आलुपछि सबैभन्दा बढी खाइने तरकारीमा पर्छ । प्याज राम्रो तरकारीका साथै अति राम्रो औषधि समेत हो । प्याजमा केलिसिन र राइबो फलेबिन -(भिटामिन बी) पर्याप्त मात्रामा हुन्छ । प्याजमा ११ प्रतिशत कार्बोहाइड्रेट हुन्छ । यसमा गन्ध हुनुको कारण यसमा एन-प्रोपाइल डाइसल्फाइड हुनु हो । यो पदार्थ पानीमा घुलनशील एमिनो अम्लमाथि एन्जाइमको प्रतिक्रियाले गर्दा निर्मित हुन्छ ।

आधुनिक चिकित्सा विज्ञानको नयाँ अध्ययन अनुसार, प्याजको नियमित उपयोगले ग्यास्टि्रक अल्सरबाट बचाउ हुन सक्छ । यस्तै, स्विटजरल्यान्डस्थित बर्न विश्वविद्यालयमा गरिएको अध्ययनले यसको नियमित सेवनले ओस्टियोस्पोरोसिस हुने सम्भावना समेत कम हुने देखाएको छ ।

तर केहि मानिसहरु प्याज त्यति रुचाउँदैनन् । प्याज खाएपछि मुखबाट गन्ध आउँछ, पसिना गनाउँछ भनेर प्याज खाने हिचकिचाउने हरुको संख्या पनि उल्लेख्य रहेको छ । कतिपयले धार्मिक मान्यताका कारण पनि प्याजको सेवन नै गर्दैनन् ।
तर विज्ञहरुका अनुसार प्याजमा निकै लाभदायक तत्वहरु पाइनुका साथै यसमा औषधिय गुण समेत पाइन्छ ।

प्याज खानुका मुख्य फाइदाहरु यस्ता छन् : –
१. प्याजको नियमित उपयोगबाट पेट र मस्तिष्कको क्यान्सर हुने जोखिम कम हुन्छ ।
२. प्याजले रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड र थ्रोम्बोक्सेनको स्तरमा कमी ल्याउँछ । विभिन्न अध्ययन अनुसार, प्याजमा एन्टिब्याक्टेरियल र एन्टिफंगल गुण समेत हुन्छ ।
३. आयुर्वेदमा प्याज अजीर्ण अर्थात् खाना नरुच्ने-नपच्ने र झाडापखालामा उपयोगी हुने उल्लेख छ । योजीवाणुरोधी, तनावरोधी, पीडानाशक, मधुमेह नियन्त्रक, पत्थरी विरोधी र वाथरोधी मानिन्छ ।
४. प्याजको रसले कपाल बढ्ने जनविश्वास छ ।

५. नियमित प्याजको सेवनबाट स्मरण शक्ति बढ्छ।
६. काँचो प्याज खाँदा रुघाखोकीबाट बच्न सकिन्छ।
७. सुगर रोगका बिरामीले नियमित प्याज खाँदा फाइदा हुन्छ।
८. प्याजको रस अनुहारको छालामा लगाउँदा छाला सफा र सुन्दर देखिन्छ।
९ . यसको सेवनबाट कब्जियतबाट मुक्ति मिल्छ।
१०. महिनावारीको बेला हुने पीडा कम गर्न समेत प्याजको सेवन लाभदायक हुन्छ ।
११. दागधब्बा हटाउन सहयोग गर्छ ।
१२. प्याज दिनहुँ खाने गर्नाले पेट दुख्ने, आन्द्राको संक्रमण लगायतका जोखिम कम हुन्छ ।
१३.निद्रा नपर्ने समस्या भएकाहरुका लागि प्याजको सेवन लाभदायक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?