ओपोले सार्वजनिक गर्यो ‘कलर ओएस सेभेन’

काठमाडौं । ओपोले आफ्नो नयाँ कलरओएस सेभेन सार्वजनिक गरेको छ । ओपोले भारतको नयाँदिल्लीमा एक कार्यक्रमका बीच नयाँकलर ओएस सेभेन सार्वजनिक गरेको हो ।

ओपोले  “स्मूथ एण्ड डिलाइटफूल” नाराका साथ सार्वजनिक गरेको नयाँकलरओएस’मा प्रयोगकर्ताले नयाँ अनुभव पाउँने कम्पनिको दावी रहेको छ ।

कलरओएसले युजर ईन्टरफेसमा ईन्फिनिट डिजाइनका साथमा थप सरलिकृत अनुभव प्रदान गर्न लाइटवेइट भिज्यूअलएप्रोच अपनाएको कम्पनीले जनाएको छ ।

प्रयोगकर्तालाई आफ्ना रुचिअनुसारका सामग्रीमा ध्यान केन्द्रित गर्न थप सघाउने कम्पनीको दावी रहेको छ ।

ओपोले आफ्नो सञ्चालन प्रणाली चीन भन्दा बाहिर सार्वजनिक गरेको यो पहिलो पटक भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?