महिला भलिबलमा नेपाल र भारत भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबलमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।

समूह चरणको दोस्रो खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसंग खेल्न लागेको हो । खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ ।

भारतलाई हराउँदै नेपालले महिला भलिबलमा स्वर्ण जित्ने लक्ष्य राखेको छ । उद्घाटन खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा हराएको थियो । भारत बिहिबार आफ्नो पहिलो खेल खेल्दैछ ।

यसअघि दुवै टोली नेपालमै भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा भिडेका थिए । सो खेलमा भारतले नेपाललाई सहजै हराउँदै उपाधि जितेको थियो ।

भारत र माल्दिभ्स दक्षिण एसियामा महिला भलिबलमा राम्रा टिमको रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?