काठमाडौं । ज्ञानेन्द्र शाहीलाई ‘नेपालका लागि नेपाली’ अभियानबाट हटाइएको छ । बुधबार बसेको ‘नेपालका लागि नेपाली’ केन्द्रीय कार्यसमितिको बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिनुभएको छ ।
न्यौपानेले भन्नुभयो –हाम्रो सिद्धान्त नै मिलेन । हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, उनले त गणतन्त्रको कुरा गर्न थाले । त्यहि भएर शाहीलाई निस्कासन गरिएको हो ।
अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया