अन्तर्राष्ट्रिय विमानस्थलमै सुरक्षाकर्मी र लडाकुबीच झडप, ९ जनाको मृत्यु

त्रिपोली, २ माघ । लिबियाको राजधानी त्रिपोलीस्थित एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मी र लडाकूहरुबीच भएको भिडन्तका क्रममा ९ जनाको मृत्यु भएको छ जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी सुरक्षाकर्मी र आक्रमणकारीबीच झडप भएको हो मिटिगा विमानस्थलमा आक्रमण भएर झडप भएपछि विमानस्थल खाली गराइएको थियो । मारिएका मध्ये कति जना लडाकूतर्फका छन् र कति जना आम नागरिक छन् भन्ने बारेमा खुल्न सकेको छैन केन्द्रीय सरकारका स्वास्थ्य मन्त्रीले सामाजिक सञ्जाल फेसबुक मार्फत् ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन् त्रिपोलीबाट पूर्वतर्फ पर्ने मिटिगा विमानस्थल आम नागरिकले प्रयोग गर्ने अन्तर्राष्ट्रिय विमानस्थल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?