बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धेरै मानिस घाइते छन् । घटनास्थलबाट ६ जनाको शव निकालिएको प्रहरी प्रवक्ता डीआइजी विश्वराज पोखरेले बताउनु भयो । अरु घाइतेको उद्धार भइरहेको उहाँको भनाई छ ।

मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । न्धीखर्कबाट बुटबवल जाँदै गरेको यात्रुबाहक बस नरपानी र घुम्चीको बीचमा पर्ने स्थानमा बस दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?