काठमाडौं । पश्चिम सुर्खेतमा जेटिएका विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना भएको छ ।
दुर्घटनामा ३३ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज वन्तले बताउनुभएको छ।
जनज्योति माध्यामिक विद्यालय बड्डीचौरमा कृषि जेटिए अध्ययन गर्ने विद्यार्थी बोकेको ट्याक्टर कर्णाली राजमार्गअन्तर्गत बराहताल–५ हल्दुवामा बुधबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा ३३ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका वन्तले बताउनु भएको छ ।
घाइते मध्ये एकको अवस्था गम्भीर रहको एसपी वन्तले जानकारी दिनुभएको छ ।
घाइते विद्यार्थीलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गालागाउँमा ल्याइएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया