स्टोकलाई हराउँदै म्यान्चेस्टर युनाईटेडले अंक दुरी छोट्यायो

काठमाडौं, २ माघ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबारराति भएको एकमात्र खेलमा म्यान्चेस्टर युनाईटेड विजयी भएको छ आफ्नै घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले स्टोक सिटीलाई ३–० ले हराया म्यान्चेस्टर युनाईटेडको जितमा एन्टोनियो भ्यालेन्सिया, रोमेलु लुकाकु र एन्टोनियो मार्सियालले एक–एक गोल गरे जितसँगै म्यान्चेस्टर युनाईटेडले शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको अंक दुरीलाई १२ अंकमा झारेको छ । २३ खेलबाट म्यान सिटीको ६२ अंक भएको छ भने म्यान्चेस्टर युनाईटेडको ५० अंक भएको छ समान ४७–४७ अंक जोडेका लिभरपूल र चेल्सी क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?