कपिलवस्तुमा कृषि अनुदानका ट्याक्टरबाट अवैध ढुवानी

कपिलवस्तु, २ माघ – कृषि कार्यको लागि भनि अनुदानमा भित्राइएका ट्याक्टरहरुको अवैध ढुवानी नियन्त्रणमा आएका छैनन जिल्लामा रहेका १२ सय बढि कृषि अनुदानका निजी ट्याक्टर मध्ये ९० प्रतिशतले व्यापारिक, व्यवसायिक तथा सार्वजनिक कार्यमा प्रयोग गरिदै आएको छ । सरकारले कृषकहरुका लागि खेत जोत्न, कृषिजन्य वस्तु तथा उपजहरु ढुवानी गर्न, उत्पादित कृषि जन्य सामाग्री बजार सम्म पुरयाउनका लागि अनुदानमा ट्याक्टर उप्लब्ध गराएको हो । तर राज्यको ऐन नियमको धज्जी उडाउदै उनीहरुले अवैध ढुवानीलाई प्राथमिकता दिएका छन् अनुदानका ट्याक्टरबाट ढुवानी गर्दा राज्यलाई समेत करोडौ राजस्व छलि भइरहेको छ । कपिलवस्तुमा कृषि अनुदानमा ल्याइएका सबै जसो ट्याक्टर नदीजन्य पर्दाथ ढुवानी, इट्टा उद्योगमा प्रयोग र व्यवसायिक प्रयोगमा लगाइएको छ । नेपाल सरकारले कृषि कार्यका लागि ५ प्रतिशत मात्रै भन्सार अनुदानमा कृषकलाई उप्लब्ध गराउने ट्याकटर सार्वजनिक ढुवानीमा दुरुपयोग भइरहेका छन । कृषि तथा व्यक्तिगत प्रयोजनका रातो प्लेटका अधिकांश ट्याक्टरले कपिलवस्तुमा नदीजन्य पर्दाथ तथा निर्माणजन्य वस्तु ढुवानी गरिरहेका छन् सार्वजनिक सवारीले गर्नुपर्ने कार्य निजी सवारीले गरेको बारे सम्बन्धित निकायहरु जनकार भएपनि कारवाही गर्ने तर्फ भने कसैले चासो देखाएका छैनन । कृषि कार्यको लागि भन्दै सिफारिश गर्ने कृषि कार्यालय, भन्सार छुटमा दर्ता गर्ने यातायात व्यवस्था कार्यालय, निजी साधनले सार्वजनिक ढुवानी हुदा राजस्व छली भएको आन्तरिक राजस्व कार्यालयले चासो देखाउनुपर्ने ट्राफिक प्रहरीको भनाई छ जिल्ला ट्राफिक प्रहरी कार्यालयले रातो प्लेटले अवैध ढुवानी गरेको प्रति कारवाही गरेको जनाएको छ । मंसिर महिनामा मात्रै ११६ वटा त्यस्ता सवारी साधन कारवाही गरिएको छ । पटके कारवाही गर्ने अधिकार यातायात व्यवस्था कार्यालय संग भएकाले जरिवाना बाहेक अरु कारवाही गर्न नमिल्ने ट्राफिक प्रहरी बताएका छन् कालो प्लेटका ट्याक्टरहरुले प्रत्येक ६ महिनामा यान्त्रिक परिक्षण गर्नुपर्ने, प्रत्येक ४ महिनामा रुट परमिट लिनुपर्ने र करको दायरामा आउनुपर्ने र २ सय ४५ प्रतिशत भन्सार तिर्नुपर्ने भएकाले अधिकांशले चोरबाटो प्रयोग गर्ने गरेका छन् । कृषि कार्यको नाममा ट्याक्टर लिदा ५ प्रतिशत मात्र भन्सार तिर्नुपर्ने, बर्षमा १ पटक नविकरण बाहेक अन्य कुनै प्रक्रियामा जान नपर्ने भएपछि अधिकांशले सुविधाको दुरुपयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?