काठमाडौं । उदयपुरमा बम विष्फोटन घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको त्रियुगा नगरपालिका-६ जलजलेस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको भवनमा गत भदौ ३ गते राति सिलिण्डर बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा त्रियुगा नगरपालिका-१० बस्ने ३६ वर्षीय सिध्दान्त राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त बिष्फोटन भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये राईलाई त्रियुगा नगरपालिका-१२ बाट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया