६ जेष्ठ २०७९, शुक्रवार

सरकारका १ सय दिन : निर्वाचन सबै भन्दा ठुलो उपलब्धि

२०७४,भाद्र,२९,बिहीवार १४:४०

9
Shares

काठमाडौं, २९ भदौ ।शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो १०० दिन पुरा गरेको छ । सरकार निर्माण भएयताको समिक्षा गर्दै सरकारका प्रवक्ता सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सरकारको १ सय दिन उपलब्धिपूर्ण भएको दाबी गरे ।सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले सरकारप्रति जनताको विश्वास बढ्दै गएकाले सरकारको १०० दिन उपलब्धीपूर्ण भएको बताए ।सञ्चारमन्त्री बस्नेतले सरकारका उपलब्धीका रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमण, उपप्रधानमन्त्रीको भारत र चीन भ्रमण भएको बताए । यो भ्रमणले छिमेकी देशहरुसँगको सम्वन्ध सुदृढ बन्दै गएको सरकारको दाबी छ ।सरकारले आफ्नो १०० दिनको उपलब्धीका रुपमा भूकम्प पीडितहरुसँग निजी आवास निर्माणका लागि भएको सम्झौता, किस्ता वितरणलाई प्रस्तुत गरेको छ । स्थानीय चुनाव भएको र अन्य चुनावहरु पनि सुनिश्चित भएको, आर्थिक सूचकांक सकारात्मक रहेको तथा सदाचार, सुशासन प्रवर्धन भइरहेको सरकारको दाबी छ ।उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारको पहिलो प्राथमिकता चुनाव भएको भन्दै त्यसका आधारमा सरकारको मूल्यांकन गर्न आग्रह गरे ।प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित कार्यक्रममा उपप्रधानमन्त्रीद्वय महरा र गोपालमान श्रेष्ठको उपस्थिती थियो । 

प्रकाशित मिति: २०७४,भाद्र,२९,बिहीवार १४:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । चार स्थानीय तहमा महिला उम्मेदवार

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहराको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र कार्कीले जित हासिल गरेका छन् । शुक्रबार आएको अन्तिम मतपरिणाम

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी

चितवन । सबैभन्दा चासो र चर्चाको रुपमा हेरिएको चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

ताजा समाचार

यस्तो छ भरतपुरको पछिल्लो मतगणना अपडेट
 २०७९,जेष्ठ,६,शुक्रवार ०८:४६
नेपालगञ्ज उपमहानगरमा गठबन्धनको जित
 २०७९,जेष्ठ,६,शुक्रवार ०८:४४
आज धेरै क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,६,शुक्रवार ०६:५५
अछामको साँफेबगरमा आज मतदान
 २०७९,जेष्ठ,६,शुक्रवार ०६:२४