केन्द्रीय परिषदको बैठक वीरगञ्जमा

काठमाडौँ, २ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो सातामा केन्द्रीय परिषद्को बैठक वीरगञ्जमा गर्ने भएको छ मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीको सशक्त वैचारिक दृष्टिकोणलाई स्थापित गर्ने नयाँ रणनीति तथा पार्टीको अस्तित्व र पहिचानलाई परिवर्तित अवस्थामा कायम गर्ने विषयमा उक्त बैठकमा छलफल हुनेछ पार्टीले चुनावमा पराजय भोगेपछिको अवस्थामा अब हिन्दूराष्ट्रलगायतका मुद्दा तथा सिद्धान्तमा अटल रहने, राष्ट्रवादी, प्रजातन्त्रवादी शक्ति निर्माणका लागि उपायको खोजी गर्न सो बैठक उपयोगी हुने केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिइन करिब पाँचसय जनाको सहभागिता रहने सो बैठक पार्टीको केन्द्रीय महाधिवेशन पछिको ठूलो बैठकका रुपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?