१३ असार २०७९, सोमवार

चक्कु प्रहार गरी हत्या, महिला पक्राउ

२०७४,माघ,२,मंगलवार ०४:१५

0
Shares

कञ्चनपुर, २ माघ – कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ राजुको घाँटीमा धर्माले चक्कु प्रहार गरेपछि तत्कालै उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याएपश्चात उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ धर्मालाई पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको प्रहरीले बताएको छ । राजु सशस्त्र प्रहरी बलको जवान पदबाट निलम्बित हुन् भने धर्मा विवाहिता हुन् कुन विवादमा चक्कु प्रहार गरियो भन्नेबारे जानकारी प्राप्त हुन सकेको छैन । प्रहरीका अनुसार घटना राति १ः३० बजे भएको बताइएको छ ।

प्रकाशित मिति: २०७४,माघ,२,मंगलवार ०४:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सप्तरी । प्रहरीले चोरीको मुद्दामा फरार तीनजना आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा साविक तेर्हौता गाविस वडा नम्बर ६ बस्ने

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई सचेतना जगाउन र स्व-अनुशासित बनाउन ट्राफिकमैत्री बोर्डहरू राख्ने अभियान आजदेखि संचालन

सप्तरी । सप्तरी प्रहरीले बहुविवाह मुद्दाका फरार प्रतिवादी श्रीमान्-श्रीमती पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेको अवस्थामा सप्तरीको सुरुङ्गा नगरपालिका-३

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको बुधबार निरीक्षण गरेका छन् । सो क्रममा उनले

ताजा समाचार

स्कारपियो ठक्करबाट एक जनाको मृत्यु
 २०७९,असार,१३,सोमवार १७:११
गाडीमा लिफ्ट दिँदा गाडी नै लुटेर टाप !
 २०७९,असार,१३,सोमवार १६:३५