काठमाडौं । मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । म्याग्दीको बेनी नगरपालिका ६ जलेश्वरमा दुर्घटना हुँदा रघुगंगा गाउँपालिका ६ पाखापानीका २३ वर्षीय सन्तोष थजाली मृत्यु भएको हो । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राती थजाली मृत्यु भएको प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभएको छ ।
अर्का घाइते पाखापानीका २५ वषीय अम्मर पाइजाको पोखरा र २० वर्षीय मोनि पुर्जाको बेनी अस्पतालमा उपचार भइरहेको छ। पाइजा र थजालीलाई मंगलबार साँझ सिम्रिक एयरको लीकप्टरबाट पोखरा लगिएको थियो ।
मंगलबार बेनीबाट गलेश्वर जाँदै गरेको ध १ प ३५४९ नम्बरको भिआर मोटरसाइकल गलेश्वरबाट बेनी आउँदै गरेको ध १ च २३५ नम्बरको बोलेरो जीपमा ठोक्किएर दुर्घटना भएको ट्राफिक प्रहरी बैकुण्ठ पौडेलले जानकारी दिनुभयो ।
दुर्घटना भएको मोटरसाइकलमा तीनजना चढेका थिए । क्षमताभन्दा बढी चढेका मोटरसाइकल तीब्र गतिमा गलत दिशाबाट गुडेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपका चालक इलामका अतिथ थेबेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया