भायनेटको बम्पर योजना : ३४ हजारमै आकर्षक उपहारसहित एक वर्ष इन्टरनेट !

काठमाडौं । नेपालको पहिलो र विशाल इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेशनले बजारमा नयाँ योजना ल्याएको छ । भायनेटले कम्पनी सञ्चालनको २० औँ वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरुका लागी ‘क्या लभ्ली अफर’ नामक योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुले ३४,००० मा एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र ६४ मेगापिक्सल क्यामरा भएको XIAOMI REDMI NOTE 8 PRO प्राप्त गर्न सक्नेछन् । त्यसैगरी त्यस्तै ग्राहकहरुले २७,७०० मा एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र XIAOMI REDMI NOTE 8  प्राप्त गर्नेछन् । यसका साथै भायनेट इन्टरनेट प्याकेजसँग ग्राहकहरुले मात्र १८,७९० देखि Samsung र Skyworth को ३२” देखि ४३” सम्मका LED TV हरुका साथै इन्टरनेट र फ्रि नेट टि.भी. प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ । साथै कम्पनीका अनुसार यस योजना अन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिनाको लागि विभिन्न आकर्षक प्याकेजहरु समेत उपलब्ध गराएको छ ।

स्थापनाको २० वर्षे अवधीमा कम्पनीले भरपर्दाे र सुपथ मुल्यमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बनेपा, बुटवल, बिराटनगर, विरगंज, चितवन, हेटौंडा र पोखरामा समेत आफ्नो सेवा सुचारु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?