उपनिर्वाचन : संसदीय समितिको काम प्रभावित

काठमाडौँ । यहि मंसिर १४ गते हुने उपनिर्वाचनका कारणले संघीय संसदको विषयगत समितिको काम प्रभावित भएको छ । संसदीय समितिको बैठकमा गणपूरक संख्या अपुग भएपछि उपनिवार्चन अवधीसम्म समितिको बैठक नबस्ने निर्णय गरिएको छ ।

मंगलबारको बैठकमा प्रतिनधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले १४ मंसिरको उपनिर्वाचनलाई ध्यानमा राख्दै अब १६ मंसिर अगाडि बैठक नराख्ने विचार गरेको बताउनुभयो ।

यस्तै बाजर अनुगमनका गर्ने भन्दै संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितले गठन गरेको अनुगमन उपसमिति समेत उपनिर्वाचनपछि मात्रै सक्रिय हुने भएको छ ।

अहिले प्रतिनिधीसभाको अरु विषयगत समितिले समेत उपनिर्वाचनपछि मात्रै समितिको बैठक बोलाउने तयारीको गरेको छ । राष्ट्रियसभाको विधायन ब्यवस्थापन समितिको बैठक क्रम संख्याको अपुग भएपछि बस्न सकेको छैन । लामो समयसम्म छलफल भएको मिडिया काउन्सिल कानुन संशोधन गर्नका लागि बनेको विधेयकमा छलफल समेत हुन सकेको छैन । मंसिर १४ गतेको उपनिर्वाचपछि मात्रै संसदको अधिवेशन बोलाउने तयारी रहेको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?