काठमाडौं । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) खेलकुदमा २ हजार ९ सय १० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
समितिका संयोजक महेन्द्र राईका अनुसार सागको २६ खेलमा २ हजार ९ सय १० खेलाडी र ७ सय ६९ अफिसियल सहभागी हुने भएका छन् ।
सागमा आयोजक नेपालबाट सर्वाधिक धेरै खेलाडी सहभागी हुनेछन् । नेपालबाट ५ सय ९४ खेलाडी र १ सय ८६ अफिसियल सहभागी हुनेछन् ।
यस्तै भारतबाट ५ सय ३५ खेलाडी र १ सय ६७ अफिसियल सहभागी हुँदा बंगलादेशबाट ४ सय ७८ खेलाडी र १ सय ४७ अफिसियल सहभागी हुनेछन् ।
श्रीलंकाबाट ५ सय ५६ खेलाडी र १ सय ८६ अफिसियल, पाकिस्तानबाट ३ सय ७८ खेलाडी र १ सय ५ अफिसियल सहभागी हुनेछन् ।
त्यस्तै माल्दिभ्सबाट २ सय ५२ खेलाडी र ६८ अफिसियल र भुटानबाट १ सय १७ खेलाडी र २७ अफिसियलले सहभागिता जनाउने छन् ।
सागमा कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
साग मंसिर १५ बाट २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ ।
यो पनि पढ्नुहोस:
साग भलिबलस् उद्घाटन अगाडी नै नेपालले बंगलादेशसंग खेल्दै
१३औं साग स् आर्चरीमा भारत सहभागी हुने भएपछि खेलाडी बढे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया