राहत वितरण प्रभावकारी नभएकोमा प्रजिअ असन्तुष्ट

इनरुवा, २ माघ – जिल्ला प्रशासन कार्यालय, सुनसरीले चिसोबाट जोगिनका लागि स्थानीयतहलाई वितरण गर्नका लागि दिइएको सरकारी राहत प्रभावकारी ढंगले वितरण नभएको गुनासो आएपछि सरोकारवाला निकायसँग छलफल गरेको छ सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सर्वपक्षीय बैठक डाकी सरोकारवालालाई सचेत गराएका छन । जाडोलाई लक्षित गरी उपलब्ध गराइएका सरकारी राहत वितरण प्रभावकारी नभएको गुनासो बढेपछि प्रजिअले सर्वपक्षीय बैठक डाकी सरोकारवालालाई सचेत गराएका हुन जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन समितिको बैठक डाकी लगत विवरणसहित वितरण गरिएका सामग्रीको बारेमा जानकारी गराउन स्थानीय तहलाई आग्रह गरेको छ प्रमुख जिल्ला अधिकारी पराजुलीले राहत वितरण प्रभावकारी नभएको गुनासो बढेकाले स्थानीय तहमा उपलब्ध गराइएको राहत सामग्री वितरणको लगत प्रशासनमा बुझाउन आग्रह गरेका हुन प्रजिअ पराजुलीले राहत सामग्री राजनीतिक आस्थाको आधारमा वितरण गरिएको र थन्क्याएर राखिएको भन्ने जानकारी प्राप्त भएको भन्दै पीडितको पहिचान गरी प्राथमिकताका आधारमा तत्काल वितरण गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए बैठकमा सहभागी स्थानीय जनप्रतिनिधिले राहत वितरणका लागि उपलब्ध सामग्री अपुग भएकाले वितरणमा समस्या उत्पन्न भएको जानकारी गराएका थिए थप राहत माग गरेका स्थानीय तहलाई प्रशासनले उपलब्ध राहतको पारदर्शीता बेगर अन्य सहयोग नदिने स्पष्ट पारेको छ । सुनसरी प्रशासनले दातृ निकाय र संघसंस्थालाई समेत समन्वय गरी राहत वितरणको कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको छ बैठकमा सुनसरीका १२ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?