बेलग्रेडको पोस्टमा लेवान्डोस्की एक्लैको चार गोल, रचे नयाँ कीर्तिमानी !

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गतको फुटबल खेलमा बार्यन म्युनिखले फराकिलो जित हात पारेको छ ।

मंगलबार राति सर्बियाको स्टार बेलग्रेडलाई बार्यनले ६-० गोल अन्तरले पराजित गरेको हो ।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले चार गोल गरे । उनले च्याम्पियन्स लिगमा सबै भन्दा चाँडो चार गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

उनले १४ मिनेट ३१ सेकेन्डमा चार गोल पुरा गरेका हुन् । समूह चरणमा लगातार ९ खेलमा गोल गर्ने उनी दोस्रो खेलाडी बने । खेलमा अग्रता बार्यनले १४ औ मिनेटमा लियोन गोत्र्जकाको गोलबाट लिएको थियो ।

५३ औ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरेका लेवान्डोस्कीले ६० औ मिनेटमा दोस्रो र ६४ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।

उनले ६७ औ मिनेटमा व्यक्तिगत रुपमा चौथो गोल गर्दै क्लबलाई फराकिलो अग्रता दिलाएका थिए । खेल सकिन एक मिनेट बाँकी छदाँ कोरेन्टिन टोलीसोले बार्यनका लागि छैटौं गोल गरे ।

बार्यनले ५ खेलबाट १५ अंक जोडेको छ । तेस्रो स्थानको रेड स्टार बेलग्रेडले ३ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?